काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । सोमबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै ठाकुरले मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गरेका छन्।
जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने भन्दै ठाकुरले स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल-कलेजहरू र अदालतको कम्पाउन्डलाई अहिले प्रतिबन्ध गरिएकोमा ठाकुरले आपत्ति जनाए।
इतिहास नष्ट गरेर कुनै पनि पुस्ता अगाडि बढ्न नसक्ने उनको जिकिर छ। मधेसको समस्या काठमाडौँ आउनुपर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बावजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको उनले बताए। आज सबैलाई ब्यान्ड गरिएको छ, खारेज गरिएको छ,’ ठाकुरले प्रश्न गरे, ‘के यो देश फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको छ?’



0 comment