काठमाडौं - राप्रपाका वरिष्ठ नेताएवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् ।
ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई शुक्रबार पक्राउ गरेको हो। उनलाई आफू अनुकूलको ठेक्का पार्ने प्रयासका क्रममा वेबसाइट ह्याक गरेको आरोप लागेको छ ।
उनविरुद्ध ०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको अख्तियारले मुद्दा दायर गरेको थियो । त्यतिबेला उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए। पाण्डे राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन्।



0 comment