काठमाडौं - गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । पछिल्लो समय विवादमा तानिएका गृहमन्त्री गुरुङले सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, 'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।'
पछिल्ला दिनमा सेयरलगायतका अन्य लगानीका विषयमा नागरिकस्तरबाट प्रश्न उठेको विषयलाई आफूले गम्भीर रूपमा लिएको पनि गृहमन्त्री गुरुङले बताएका छन् ।



0 comment