सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ।  कानुनका विद्यार्थी आयुष बडालले पेस गरेको निवेदन अदालत प्रशासनले दर्ता गर्न अस्वीकार गरेको हो।

यद्यपि बडालले अदालत प्रशासनको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः निवेदन दिन पाउनेछन्। लामिछानेलाई सांसदको हैसियतले कामकारबाही गर्न रोक लगाउनुपर्ने माग राखी बडालले मंगलबार दिउँसो सर्वोच्चमा रिट निवेदन पेस गरेका थिए । लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन् ।