काठमाडौं - भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री बनेका छन् । सोमबार बसेको रास्वपा केन्द्रीय समितिले शाहलाई महामन्त्री चयन गरेको हो।
उनी प्रधानमन्त्री बालेन्द्र शाहलाई स्थापित बनाउन निर्णायक भूमिका खेलेका मुख्य व्यक्ति मानिन्छन्। उनले २०७१ सालमा उज्जवल थापा नेतृत्वको तत्कालीन विवेकशील दलमार्फत वैकल्पिक राजनीतिको औपचारिक यात्रा सुरु गरेका थिए।
बालेन काठमाडौँ महानगरपालिकाको मेयरको यात्रामा भूपदेवले सक्रिय भूमिका निर्वाह गरे। बालेन मेयर बनेपछि भूपदेवलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी दिए। प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका भूपदेवलाई रास्वपाले महामन्त्री चयन गरेको हो।



0 comment