काठमाडौं - दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगेका छन् । आज बिहान काठमाडौँ आइपुगेका उनलाई नेपालस्थित अमेरिकी दूतावासमा कार्यबाहक राजदूत स्कट अरबमले स्वागत गरे।

उनले यस भ्रमणमा अमेरिका–नेपाल साझेदारीलाई अझ सुदृढ बनाउन सरकारी अधिकारीहरू, व्यवसायिक नेतृत्वकर्ताहरू र सांस्कृतिक विज्ञहरूसँग भेटघाट हुने बताए । 

अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गरे पनि उनी भने नेपाल भ्रमणकै लागि काठमाडौं आएका हुन् । 

सहायक विदेशमन्त्री कपुर बालेन शाह नेतृत्वको सरकार बनेपछि नेपाल आउने अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन्।