काठमाडौं - सर्वोच्च अदालतले गगनकुमार थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो । पक्ष-विपक्षको बहस सकेपछि अदालतले फैसला सुनाएको हो ।

यो फैसलासँगै शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गर्दै ३ महिनादेखि जारी कांग्रेसको आधिकारिकता विवाद कानुनी रुपमा टुंगिएको छ ।

पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतिमा चयन गरेको थियो । निर्वाचन आयोगले थापा पक्षलाई नै आधिकारिकता दिएपछि देउवा पक्ष माघ ४ मा सर्वोच्च अदालत गएको थियो ।