काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टीका महामन्त्री धवलशमशेर राणा नेतृत्वको संस्थापनइतर समूहले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।साथै एक साताभित्र नयाँ महाधिवेशनको मिति घोषणा गर्न 'अल्टिमेटम' दिएको छ। 

एक साताभित्र महाधिवेशनको कार्यतालिका सार्वजनिक नगरिए पार्टीभित्र थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिइएको छ।

गत आम निर्वाचनको नतिजा उत्साहजनक नआएको र नेतृत्वले त्यसको नैतिक जिम्मेवारी समेत नलिएको भन्दै राणा समूहले अध्यक्ष लिङ्देनलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। पार्टीलाई पुनर्जीवन दिन नयाँ नेतृत्व चयनको विकल्प नरहेको उल्लेख छ।

अध्यक्ष लिङ्देनले 'राप्रपालाई देशको पहिलो शक्ति बनाउने' दाबी गरे पनि नतिजा अकल्पनीय र नकारात्मक आएको इतर पक्षको ठहर छ। 

पछिल्लो समय उपसभामुखको निर्वाचनमा पार्टीले लिएको निर्णयलाई लिएर पनि प्रश्न उठाएको छ।