काठमाडौं - प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै ठाकुर निर्वाचित भएको सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए ।
२५६ सांसदमध्ये २२९ जनाले रुबीकुमारीलाई मतदान गरे भने तटस्थमा २२ मत खस्यो। राप्रपाकी लामाले ५ मत मात्र प्राप्त गरिन् ।रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस, नेकपा र श्रम संस्कृतिको समर्थन रहेको थियो ।



0 comment