काठमाडौं - प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सिफारिसमा प्रधानमन्त्री शाहले विवादमा तानिएका मन्त्री साहलाई पदमुक्त गरेको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
चैत १३ गते मन्त्री नियुक्त भएका साहलाई पछिल्लो समय मन्त्रिपरिषद्को वरियताक्रममा पनि पुछारमा झारिएको थियो। साह महोत्तरी-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।


0 comment