काठमाडौं - प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद सरस्वती लामा र संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्। बिहीबार दिउँसो २ बजेसम्म तोकिएको अवधिभित्र ती दुई जनाको मात्र उम्मेदवारी परेको हो ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल रास्वपाले जसलाई समर्थन गर्छ सोही पार्टीका उम्मेदवार उपसभामुख बन्नेछिन् । दुवै पार्टीलाई आफूलाई रास्वपाले समर्थन गर्ने दाबी गरेका छन् । उपसभामुखका लागि अब शुक्रबार निर्वाचन हुने कार्यक्रम तय भएको छ। सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् ।


0 comment