काठमाडौं - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन ध्यानाकर्षण गराएका छन् ।

सोमबार लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँगको प्रधानमन्त्रीको छलफलमा पुनले अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि हवाई मार्गका विषयमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन ढिलाइ गर्न नहुनेमा जोड दिएका हुन् ।

पुनले दाङको कोइलाबास–रोल्पा–रुकुम हुँदै डोल्पा जोड्ने सहिद मार्ग निर्माणको कामलाई गति दिन र आफू अर्थमन्त्री भएका बेला आर्थिक वर्ष ०८१/८२ को बजेटमा समावेश गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना अघि बढाउनुपर्नेमा पनि जोड दिए । 

ठुलो धनराशि खर्चेर निर्माण गरिएको विमानस्थल नियमित रुपमा सञ्चालन हुन नसक्दा सरकारलाई दैनिक करोडौं घाटा भइरहेको छ ।