काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको टोलिले १७ करोड ७९ लाख रुपैयाँ भन्दा बढी बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिक पक्राउ गरेको छ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २६ ठमेल स्थितबाट देश चिन घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ ठमेल बस्ने वर्ष ३५ को झु यी फेङ्ग चिनियाँ नागरिक रहेका छन।

विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरू सँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी नेपाली नागरिकहरूका बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको र ठगी गरेको रकमलाई अभौतिक मुद्रा Crypto Currency मा साटी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोली खटिएको थियो। 

प्रहरिले चिनियाँ नागरिक झुलाई नेपाली रु.१७ करोड ७९ लाख ७० हजा ३ सय ७१ रुपैया २३ पैसा  बराबरको अभौतिक मुद्रा USDT(Crypto Currency) को कारोबार, थान ३ मोबाइल र International Express लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू सहित नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता तथा सुचनाअधिकारी पवन कुमार भट्टराइले जानकारि दिनु भयो।