काठमाडौं - प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। 

सभामुखमा एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन्। शुक्रबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा अर्यालको मात्रै उम्मेदवारी परेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

अब चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुखको उम्मेदवारीको प्रस्ताव पारित गरेपछि अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ। शुक्रबार दिउँसो अर्यालले उम्मेदवारी गरेका थिए।