काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने निश्चित भएको छ । 

बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। बैठकमा सभपाति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। 

अर्याल सभामुख बन्ने लगभग पक्का जस्तैछ । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल रास्वपाको १८२ जना सांसद भएको हुँदा निर्वाचन नै हुने स्थिति आए पनि उनी सहजै विजयी हुने छन् ।  उपसभामुखको भने टुंगो लागेको छैन । फरक दल र महिला हुनुपर्ने बारेमा चर्चा चलिरहेको छ ।