काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकको अर्थतन्त्रले प्रदेश संरचना धान्न नसक्ने भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।

उनले यसका लागि वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताए। वार्षिक झन्डै १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै उनले यसलाई खारेज गर्नुपर्नेमा जोड दिए।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले मुलुकको अर्थतन्त्रले प्रदेश संरचना धान्न नसक्ने दाबी गरे।  उनले प्रदेश संरचना केवल राजनीतिक दलका कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनेको आरोप समेत लगाए । राप्रपाले स्थापनाकालदेखि नै संघीयता र प्रदेश संरचनाको विरोध गर्दै आएको छ ।