काठमाडौं - नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। संसदीय दलको नेता चयन भएका थापाले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी पाएका छन् ।

अध्यक्ष केपी शर्मा ओली अनुसन्धानका लागि हिरासतमा रहेकाले उनी हिरासतबाट बाहिर नआउँदासम्मका लागि थापालाई कार्यवहाकको जिम्मेवारी दिएको हो । ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेको पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले भने ।

संसदीय दलको नेता चयन भएपछि थापाले अंकगणित कम भए पनि  संसदमा सशक्त ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।