काठमाडौं - श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएका छन्। सांसद साम्पाङले प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै आफ्ना सांसदहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन्।
सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्न लागेका प्रधानमन्त्रीले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएका हुन् ।
प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाएको हुँदा हामी जाँदैनौं, साम्पाङले भने ।
उनले भनेका छन्, ‘सदनको बैठक बोलाउनु पर्यो । हप्ताको १ चोटी कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ । जय लोकतन्त्र ।’ अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको पछिल्लो क्रियाकलापको आलोचना र समर्थन गर्दै आएका छन् ।


0 comment