काठमाडौं - नेपाली कांग्रेसको देउवा समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । देउवा पक्षीय शीर्ष नेताहरूको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्यवाहक सभापतिको हैसियतमै विज्ञप्ति जारी गर्दै पूर्णबहादुर खड्काले आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरुपमा सामना गर्न पार्टीका नेता–कार्यकर्तालाई तयार रहन अपिलसमेत गरेका छन् ।
कुनै पनि प्रक्रिया पूरा नगरी तत्कालिन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको बर्खिलाप र राजनीतिकरूपमा पूर्वाग्रह प्रेरित रहेको खड्काको विज्ञप्तिमा उल्लेख छ । भाद्र २४ गतेको घटनामा सम्लग्नलाई पनि कारबाही गर्नु पर्ने कांग्रेस देउवा पक्षको माग रहेको छ ।


0 comment