काठमाडौं - राप्रपा नेता कमल थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई सरकारले गरेको गिरफ्तारप्रति आपत्ति जनाएका छन् ।
पुर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा लेख्दै थापाले बालेन सरकार निषेध,प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको टिप्पणी गरेका छन् । अहिले द्वन्द्व र मुठभेड कसैको प्राथमिकतामा हुन नहुने भन्दै थापाले सुशासन र समृद्धिका लागि कानूनी राज्यको पालना,आपसी मिलाप र एकता पहिलो सर्त भएको बताएका छन् ।
थापाले लेखेका छन्,‘सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार निषेध,प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ । वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन । वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना,आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन् ।’

-1.jpg)
0 comment