काठमाडौंबाट शव बोकेर गएको हेलिकोप्टर खोटाङमा दुर्घटना भएको छ ।  

केपीलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा बारीको डिलमा ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए ।

दुर्घटनामा मानवीय क्षती नभएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।