काठमाडौं:काठमाडौं उपत्यकामा रहेका क्यासिनोहरुमा नेपाली नागरिकहरूले हारजित हुने गरी जुवा खेल्ने खेलाउने कार्यहरू गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिका १ तौलुङ स्थित रहेको लेमन ट्री होटल भित्र रहेको Garud Casino बाट १३ जना र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १४ सोल्टीमोड स्थित रहेको Casino Mahjong बाट १ जना समेत गरी जम्मा १४ जनालाई पक्राउ गरेको छ।
प्रहरीले नगद रु.१ लाख९० हजार रुपैया विभिन्न कम्पनीको मोबाइल १४ थान नक्कली भारतीय आधार कार्ड मिलन प्रधान नाम गरेको १थान सवारी चालक अनुमति पत्र २ था , नक्कली भारतीय भोटर कार्ड १ थान ,सि.सि. क्यामेराको DVR - ३ थान
नेपाली खेलाडीहरुले विभिन्न मितिमा नेपाली नगद साटेको ईन्ट्री बुक १ थान सहित नियन्त्रणमा लिइ जुवा सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो।


0 comment