काठमाडौं:काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख एआईजी ईश्वर कार्कीले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
निरीक्षणको क्रममा विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पूर्वाधारको निरीक्षण पश्चात ट्राफिक प्रहरी कमचारीहरुलाई निर्देशन दिंदै एआईजी कार्कीले ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र व्यवहारमा बढी गुनासो आउने गरेको वर्तमान अवस्थामा हरेक नागरिक सम्मानको भागिदार हुने हुँदा “जिब्रोको गरिमा मिठो बोलिमा” व्यवहारमा अवलम्वन गर्न निर्देशन दिए ।


0 comment