हेटौंडा क्याम्पसका विद्यार्थीहरूले इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै  प्रदर्शन गरेका छन्। विद्यार्थीहरूले ‘हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे लगायतका नारा लगाएका थिए। 

 इनिसालाई न्याय र दोषीलाई कानुनी कारबाहीको माग गर्दै देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा विक मृत अवस्थामा फेला परेकी थिइन्। उनको बलात्कारपछि हत्या भएको प्रहरीको भनाइ छ ।