काठमाडौं - नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबारदेखि लामो दुरी र रातको समयमा यात्रा नगर्न आह्वान गरेको छ । एक विज्ञप्ति जारी गर्दै  यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस्था र मौसमबारे अनिवार्य जानकारी लिन आग्रह  गरेको छ ।

साथै अत्यावश्यक नपरेसम्म टाढाको यात्रा नगर्न महासंघले आफ्ना सदस्यहरुलाई सचेत गराएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै सबैलाई यस्तो अनुरोध गरिसकेको छ । अविरल वर्षाले सडकमा बाढी तथा पहिरोको जोखिम हुने भन्दै सरकारले सबैमा सचेत हुन भनेको छ ।