प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा भएको हताहती र विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै उनले अध्ययन गरेर छिट्टै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको आयोगका सदस्य एवम् पूर्वडीआईजी विज्ञानराज शर्माले बताए ।
गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको टोलीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री कार्की समक्ष उक्त प्रतिवेदन बुझेको हो।
आन्दोलनमा जसले गल्ती गरेको छ उसलाई कारबाहीको सिफारिस भएको सदस्य शर्माले बताए । आन्दोलनका क्रममा केही सुरक्षा लापरबाही र कमी कमजोरी भएको प्रतिवेदनमा औल्याइएको छ ।


0 comment