काठमाडौ:काठमाडौं महानगरपालिका-९ सिनामंगल एयरपोर्ट नजिक सार्वजनिक यातायात बसमा यात्रुहरूको मोबाइल तथा नगद रकम पाकेटमारी गर्ने कार्यमा संलग्न दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा  जिल्ला धादिङ, धुनिवेशी नगरपालिका - ६ नौबीसे घर भई जिल्ला काठमाडौं बसपार्क बस्ने वर्ष २६ को विशाल उप्रेती र जिल्ला ओखलढुङ्गा विशखुं गाउँपालिका घर भई जिल्ला काठमाडौँ बसपार्क बस्ने वर्ष २२ को किरण तामाङ रहेका छन। 

पक्राउ परेकाहरिलाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट दिन-५  को म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका  प्रवक्ता / सूचना अधिकारी पवन कुमार भटटराइले जानकारी दिनु भयो