काठमाडा :ओखलढुंगा १ नम्बर क्षेत्रमा  यो चुनावको सबैभन्दा साँघुरो मतान्तर देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल र कांग्रेसका कुमार लुइँटेलबीच मात्र पाँच मतको अन्तर भएको हो । पाँच मतको अन्तरको जित निकाल्ने विश्व राज पोखरेल नेपाल प्रहरीका पूर्व एआईजी हुन् ।

पोखरेलले १३,९५३ मत पाउँदा कांग्रेसका लुइँटेलले १३९४८ मत पाए । यस्तै नेकपाका अम्बिर गुरुङले ११,२५६ र एमालेकी अस्मिता थापाले १०,७२० मत पाइन् ।