काठमाडौं - प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी छ। १०६ स्थानको मतगणना जारी रहँदा दुई स्थानको टुंगो लागिसकेको छ भने अधिकाशं स्थानमा रास्वपा अगाडि रहेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  देशका ७९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। यस्तै काठमाडौँ १ मा विजय हासिल गरिसकेको छ । 

यसैगरी नेपाली कांग्रेस ८ स्थानमा अगाडि रहँदै एक स्थानमा विजय हासिल गरेको छ ।यस्तै नेपाली कम्युनिस्ट पार्टी ८ मा, नेकपा एमाले ७ मा, राप्रपा १ मा र  स्वतन्त्र पार्टी १ स्थानमा अगाडि रहेको छ ।