राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकोप्टर चढेपछि हेलिकप्टर फर्काईएको बुझिएको छ ।
शाह आज बिहान काठमाडौँमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकप्टर चढेर झापा गएका थिए ।
उनी चढेर गएको हेलिकप्टर ल्यान्ड नगरी काठमाडौँको त्रिभुवन विमानस्थलमा फर्किएको थियो ।
उनले निर्वाचन आयोगसँग अनुमति नलिई हेलिकप्टर लिएर गएपछि ल्याण्ड गर्न नदिइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । निर्वाचन आयोगबाट अनुमति लिएको नदेखिएपछि फर्काइएको स्रोतको भनाई छ ।

0 comment