काठमाडौ:बर्षौ देखि राजनितिक शक्तिको आडमा गाउँमा गुण्डागर्दी गर्दै आएका लालबाबु मन्सुरीलाई मत माग्न जाने क्रममा कुटपिट गरेका छ्न।
प्रभु साहको आम जनता पार्टीको तर्फ बाट प्रतिनिधि सभाको सदस्यको उम्मेदवारी दिएका रौतहट जिल्ला गुरजा नगरपालिका भवानिपुर जयराज वडा नम्बर ८ निवासी लालबाबु मन्सुरी मत माग्न गुरजा नगरपालिका ६ नम्बर वडा पुगेका थिए।
गुण्डा सैलिमा मत माग्न पुगेका लालबाबु समूह र ६ नम्बर वडाका स्थानियहरुको आक्रोसित भिडले प्रतिकार गर्दा दुई पक्ष बिच झडप थियो। झडपको क्रममा स्थानियले हानेको ढुंगा लगेर लालबाबुको नाक र शरिरको अन्य भागमा सामान्य चोट लागेको थियो। सामान्य उपचार पछि डिस्चार्ज भैसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजालले जानकारी दिनु भयो।
लालबाबुले बर्षौ देखि आम जनता पार्टीका अध्यक्ष प्रभु साहको राजनैतिक शक्तिको आडमा आफ्नो क्षेत्रमा गुण्डागर्दी र धाक धम्की दिदै केस मिलाइ दिने आश्वास दिएर प्रहरीको नाममा रकम असुली गर्दै आइ रहेको स्थानियको भनाइ रहेको छ।

0 comment