काठमाडौं - ललितपुरको कुपन्डोलस्थित दाउरा रेस्टुराँ भएको भवनमा केहिबेर अघि आगलागी भएको छ ।

आगलागीबाट दुईवटा ग्यास सिलिन्डर समेत विष्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो नियन्त्रणमा लागि सुरक्षाकर्मी परिचालन भइसकेको जनाइएको छ । यद्यपि अझै आगो नियन्त्रणमा आइसकेको छैन ।

के कारणले आगलागी भएको भन्ने खुल्न सकेको छैन । थप विवरण आउन बाँकी छ ।