काठमाडौ: काठमाडौ महानगरपालिक वडा नम्बर ३१ मिनभवन सिविल अस्पताल अगाडी सडक खण्डमा गोर्खा जिल्ला भुमिचोक स्थायी घर भई हाल काठमाडौको पेप्सीकोला बस्ने वर्ष २६ को विकाश थापा मगरले चलाएको बा. २ क ३२२९ नम्बरक टिप्परले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ।
बिजुलीबजार बाट तिनकुने तर्फ आइरहेको फोहर बोक्ने टिप्परले सुनसरी जिल्ला इनर्वा नगरपालिका ५ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने बर्ष ४८ को बद्री कोइरालाले चलाएको प्र. ३ -००१ ब. ९४५ को सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
स्कुटर चालक घाइते भई तत्काल उपचारको लागी काठमाडौ मिनभवन स्थित सिभिल अस्पताल पुर्याउदा डाक्टर द्दारा मृत घोषणा गरेको हो। टिप्पर चालक र टिप्पर नियन्त्रणमा रहेको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो।

0 comment