काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रको शुक्रबार स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा मन्त्री अर्यालले विगतमा भएका कमिकमजोरीलाई सच्याई यसपटको निर्वाचन स्वश्च, निश्पक्ष धाधलिरहित र निर्धक्कसाथ शान्तिपूर्वक गराउनेगरी वातावरण बनाउनसमेन निर्देशन दिनुभयो ।
सो कार्यक्रमामा जिल्ला सबै सुराक्षा निकाय र केन्द्रको समेत उच्च तहको उपस्थितमा भएको कार्यक्रममा सरकारका प्रवक्ता समेत रहनुभएका गृमन्त्री अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरहरूबाट सचेत भएर आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा जुट्न सम्बन्धित सबै पक्षमा अनुरोध गर्नुभयो ।
शुक्रबार बिहान गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको टोलीले गाउँपालिकाको मतदान केन्द्रको अनुगमनकासाथै निर्वाचन सुरक्षाबारे स्थानीय सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो । अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, एआईजी गणेश ठाडा मगर, गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्ले, सह–प्रवक्ता रमा आचार्य, डिआइजी विष्णु भट्ट, प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपाने, दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, बैदेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा र वडा सदस्य सोम्बर बहादुर तामाङ सहभागी हुनुहुन्थ्यो ।
अनुगमनमा सहभागी सह–प्रवक्ता आचार्यका अनुसार छलफलमा विस २०७९ को स्थानीय निर्वाचन र प्रतिनिधिसभा निर्वाचनका बारेमा जानकारी दिनुका साथै प्रतिनिधिसभाको निर्वान सुरक्षा योजनाबारे जानकारी दिइएको थियो । विगतमा मतदान केन्द्रमा भएको संवेदनशिलता र समस्यालाई ध्यान दिएर अहिले विभिन्न नकाहरुमा चेकजाँचमा कडाई गरिएको जनाइएको छ ।
सो अवसरमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निश्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला सक्रिय ढंगले लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगत निर्वाचनको संवेदनशितलाताई ध्यानमा रखोर निर्वाचन तयारी, सम्भावित समस्याको पहिचान गरी निर्वाचन पूर्वका काम सुनिश्चित र निर्वाचन सुरक्षालाई सुनिश्चित गर्न आग्रह गर्नुभयो ।प्रमुख निर्वाचन अधिकृत न्यौपानेले निर्वाचनको विद्यमान अवस्थाबारे जानकारी दिनुभयो । उहाँले यस क्षेत्रलाई विशेष महत्वका साथ हेरिएको र सुरक्षा निकायबीच समन्वय रहेको बताउनुभयो । विगतमा मतदानमा अवरोध गर्नेमाथी निगरानी बढाइएको छ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले जिल्लाको निर्वाचन अवस्थाबारे जानकारी गराउनुभएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक थापाले जिल्लाको सुरक्षाबारे जानकारी दिनुभएको थियो ।
बैदेश्वर गाउँपालिकामा मतदान स्थल ८, मतदान केन्द्र २१ र मतदाता संख्या १८ हजार चार सय २२ रहेका छन् । मतदातालाई मतदान स्थल सम्म आउनका लागि सहजिकरण गरिनुका साथै मतपेटिका ढुवानी योजनाबारे जानकारी लिइएको छ । सो क्षेत्रमा ९० देखि ९५ प्रतिशत मत खस्नेगरेको छ । २१ क्षेत्रमा ८० प्रतिशत मत खस्ने गरेको जनाइएको छ । निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीले जनतालाई सुरक्षाको प्रत्याभूति दिएका छन् ।


0 comment