काठमाडौँ: मुलुकको समसामयिक विषय तथा समग्र शान्ति सुरक्षा र निर्वाचन सम्बन्धी विषयवस्तुमा केन्द्रित रहि गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसिरहेको छ।

 केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा जारी बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको छ । 

बैठकमा विशेषगरी मधेश–तराईमा देखिएको जातीय, धार्मिक, र निर्वाचनसँग सम्बन्धित सुरक्षा चुनौतिका विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । उपयुक्त विषयमा छलफल भई आवश्यक निर्णय हुने जनाइएको छ ।