मकवानपुर प्रहरीले भारी मात्रामा गाजा सहित २ जनालाइ पक्राउ गरेको छ।पर्नेमा जिल्ला मकवानपुर कैलाश गाउपालिका १० बस्ने बर्ष २७ को राम बहादुर मोक्तान र मोटरसाईकल चालक सोही ठाउँ बस्ने बर्ष १९ को अनिल थिङ रहेका छ्न।
प्रहरी चौकी भैसे मकवानपुरबाट खटीएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा जिल्ला मकवानपुर भीमफेदी गाँउपालिका वडा नं.२ चुनिया स्थित त्रिभुवन राजपथ नजिक भित्री सडक खण्डमा लु. १ च. २१५२ नं. को बोलेरो गाडी र बा.प्र.०३-००५ प.४५७६ नं. को मोटरसाईकललाई रोकी बोलेरो गाडी चालक लाई शंका लागी रितपुर्वक गाडी समेतको खानतलासी गर्ने क्रममा बोलेरो गाडीको पछाडी ढाला भित्र लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागू औषध गाँजा ४३८ किलो ४३ ग्राम फेला परेकोहो ।
बरामद लागू औषध तथा सवारी साधनहरु बरामद गरी राम बहादुर मोक्तान र अनिल थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएको छ।


0 comment