धरानबाट प्रहरीले ९५५ किलाे गाँजा सहित २ जनालाई नियन्त्रणमा लिएकाे छ
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार राति धनकुटाबाट धरान आउँदै गरेका दुई वटा पिकअप गाडीजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरि नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरामद गरिएको हो ।


0 comment