काठमाडौ:प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुङ्गा चेक प्वाईन्टबाट आज १ जनालाई पक्राउ गरेकको छ । पक्राउ पर्नेमा काठमाण्डौको किर्तिपुर नगरपालिका २ बस्ने ३० बर्षिय केयुर पुरी रहेका छन ।
चितवन देखी काठमाण्डौ तर्फ आउदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारी नियन्त्रणमा लिएको हो ।
पुरीको झोलाबाट मेड इन युए स ए लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली फेला पारेको र घटनाको समबन्धमा आवस्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी परिसर काठमाडौका सुचना अधिकारी पवन कुमार भट्टराइले जानकारी दिनु भयो।


0 comment