काठमाडौं - प्रभु साह नेतृत्वको आम जनता पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमबीच पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, कर सीमा र निःशुल्क आधारभुत सेवासहित व्यापक सुधारका एजेन्डा अघि सार्दै शासन प्रणालीदेखि अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, ऊर्जा र वैदेशिक नीतिसम्मका संरचनागत परिवर्तनका लागि प्रतिबद्धता जनाइएको छ ।
घोषणापत्रमा पार्टीले गैरआवासीय र विदेशीलाई नागरिकता दिने विद्यमान प्रावधानको पुनरावलोकन गर्ने एजेन्डा पनि अघि सारेको छ । प्रधानमन्त्री र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, संघ र प्रदेशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, निर्वाचित जनप्रतिनिधिले काम नगरेमा कार्यकालमै जनताले फिर्ता बोलाउन पाउने ‘राइट टु रिकल’ को अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता गरेको छ ।
पार्टीले न्यायालयको पूर्ण डिजिटलीकरण, भूमिहीनका लागि भर्टिकल हाउजिङ र नेपाललाई ग्लोबल आईटी हब बनाउने योजना पनि घोषणापत्रमा अघि सारेको छ।



0 comment