काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा कुनै विदेशी शक्तिको आशिर्वादबाट बनेको पार्टी नभएको स्पष्ट पारेका छन्। कामठाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उम्मेदवार बनेकी नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रममा उनले आफ्नो पार्टी कसैको ‘जुठो कुरो’खाएर बनेको पार्टी नभएको बताए ।
राप्रपा नेपाली माटोमा संघर्षबाट जन्मिएको बताउँदै लिङदेनले राप्रपालाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिए । अध्यक्ष लिङदेनले व्यवसायी दुर्गा प्रसाईंमाथि सरकारले पटक-पटक गरिरहेको अवरोध र पक्राउको निन्दा गरे । लिङ्देनले वाक स्वतन्त्रता र विरोध गर्ने अधिकार नागरिकको मौलिक अधिकार भएको जिकिर गरे।


0 comment