काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर- २ मा चुनावी प्रचार सुरु गरेका छन् ।
शुक्रबार चुनावी प्रचारका लागि चितवन क्षेत्र नम्बर- २ का विभिन्न स्थानमा खोलिएका कार्यालयको उद्घाटन गदै लामिछानेले चुनावी प्रचार सुरु गरेका हुन्। सो क्रममा लामिछानेले अबको लडाई भनेको दलको नेता उम्मेदवारसंग नभई गरिबी, अशिक्षा, बेरोजगारी लगायत देशका विभिन्न समस्यासँग भएको बताए ।
चुनावी अभियानको क्रममा कोही कसैलाई गाली गलौज नगर्न र कोही कसैले गाली गरे पनि प्रतिबाद नगर्न उनले पार्टीका नेता-कार्यकर्तालाई अनुरोध गरे । उनले अबको जवाफ भनेको मतदानको दिन मतपत्रमा छाप लगाएर दिने बताए। सभापति लामिछानेले निर्वाचनका क्रममा आफु देशभर जानुपर्ने भएकाले चितवनवासीसँग धेरै भेटघाट गर्न नपाउने भन्दै मत दिन आग्रह गरे।


0 comment