काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको बताएकी छन् ।  

सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा रिसाएर राजीनामा दिएका बताइन् ।

यस्ता विषयलाई व्यक्तिको अधिकारको रुपमा लिन पनि प्रधानमन्त्री कार्कीको आग्रह छ। पुनले शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।