काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विचार र सिद्धान्तको खडेरी रहेको बताएका छन् । 

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले रास्वपाले सोसल मिडियामा स्टन्ट गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको समेत आरोप लगाए।

‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन, उनले भने,  ‘अहिले सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाट्ने जो काम भइराखेको छ।’
उनले घण्टी बजाएर मात्रै मुलुकमा केही हुन नसक्ने भन्दै जनताको दिमाग चाट्ने भइरहेको बताए