काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी(नेकपा) को राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो ।

दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको हो । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।