काठमाडौं - शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनको नाममा भेला गरेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी उनले पार्टी विधानअनुसार चल्ने भन्दै त्यसप्रति आपत्ति जनाए। उनले भने, ‘पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ।’ निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली कांग्रेस, विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएको समेत खड्काले जानकारी गराए । देउवा पक्षले आज बिहान निर्वाचन आयोगमा गएर प्रतिनिधिहरुले हस्ताक्षर फिर्ता गरेको लगायतको बारेमा जानकरी गराएको थियो ।
त्यसो त विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापा लगायतका नयाँ कार्यसमितिले पनि हिजै आयोगमा गएर विवरण अध्यावधिक गराउन निवेदन दिइसकेको छ ।


0 comment