काठमाडौं - नेपाली कांग्रेस देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेका हुन् ।कार्यवाहक सभापति खड्काले दल विभाजनका सन्दर्भमा आयोगका विगतका निर्णय र नजिर विपरीत कांग्रेस आधिकारिकताको टुङ्गो लगाएमा त्यो मान्य नहुने स्पष्ट पारेका छन् ।
उनले कांग्रेसका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा आफूहरू आयोगमा आएको भन्दै विशेष महाविधवेशनका सन्दर्भमा ८८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको जानकारीसहितको विवरण कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाए ।


0 comment