काठमाडौं - रास्वपाका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
शुक्रबार युवराज सफल, कानुनका विद्यार्थी आयुष बडाल लगायतले सर्वोच्च अदालत पुगेर उक्त निर्णयविरुद्ध छुट्टाछुट्टै रिट पेस गरेका हुन् ।रिट पेस भएको र सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको सफलको भनाइ छ ।
पुस ३० गते महान्यायाधिवक्ता सबिता भण्डारीले रविमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिन बाटो खुलाएकी थिइन् ।यो निर्णयलाई निवेदक सफलले गैरकानुनी बताउँदै मान्यता पाउन र कार्यान्वयन हुन नसक्ने दाबी गरेका छन् । सफलले उक्त निर्णयलाई बदर गर्न माग गरेका हुन् ।


0 comment