काठमाडौं - माघे सङ्क्रान्ति पर्वका अवसरमा काठमाडौंमा बसोबास गर्दै आएका मगर समुदायले सांस्कृतिक र्याली निकालेका छन् । नेपाल मगर संघ केन्द्रीय समितिको आयोजना र बिभिन्न संघसंस्थाको सहभागीतामा बिहीबार मगर समूदायले काठमाडौंको भृकुटिमण्डपबाट टुँडिखेलसम्म सांस्कृतिक र्यालीको आयोजना गरेका हुन् । माघे सङ्क्रान्ति विशेषतः मगर जातिमा चेलिबेटीको चाड हो । माघे सङ्क्रान्तिमा मगर जातिका कुलदेवताको पूजाआजा गरिन्छ ।
चेलीलाई पुज्न माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खालीपेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई टीका लगाइदिएर दानदक्षिणा गरी उपहार दिने चलन छ । तरुल, फलफूल, सेल, तरकारीलगायतका परिकार मिलाएर बनाइएको उपहारलाई मगर समुदायमा मिश्रा वा निस्रो (उपहार वा प्रसाद) दिने भनिन्छ ।
मगर समूदायका मौलिक संस्कृतिहरु नेपाल सरकारको राष्ट्रिय सूचीमा सूचीकृत गराउदै विश्वव्यापी बनाउने उदेश्यका साथ मगर संघले टुँडिखेलमा मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव समेत आयोजना गरेको छ ।



0 comment