काठमाडौं - कांग्रेसको आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा र  गगन–विश्व पक्षले निर्वाचन आयोगमा पत्र बुझाएका छन् । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मनसुरलाई कारबाही गरेको पत्र देउवा पक्षले बुधबार आयोगमा बुझाएसँगै महाधिवेशन पक्षले पनि आफूहरु आधिकारिक भएको  दाबी गरेर पत्र बुझाएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवैले पठाएको पत्र प्राप्त भएको जानकारी दिए । उनले पत्र राजनीति शाखामा भएको र अध्ययन गर्ने काम भइरहेको बताए । भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा समिति चयनको प्रक्रिया अगाडि बढाएको छ।