काठमाडौं - नेपाली कांग्रेसको भृकुटीमण्डमा जारी विशेष महाधिवेशनमा ६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेको दाबी गरिएको छ।
विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले हालसम्म ६३ प्रतिशतभन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेको दाबी गरे। भोलिसम्ममा प्रतिशत संख्या अझ बढ्ने बताए ।
उनले भने, ‘६३ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसके, अब ७० प्रतिशत पुर्याउँछौँ ।’ भोलि समूहगत छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया सुरु गर्ने उनले बताए।


0 comment